काठमाडौं- पछिल्लो २४ मा काठमाडौं उपत्यकामा थप ६२ जना कोरोना संक्रमति थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ५७ र ललितपुरमा ५ जना व्यक्तिलाई कोरोना संक्रमण देखिएको हो।
बुधबारसम्म काठमाडौंमा कोरोना संक्रमित हुनेको संख्या ५९८, ललितपुरमा ११४ र भक्तपुरमा ७७ पुगेको छ। योसँगै उपत्यकामा कुल संक्रमितको संख्या ७८९ पुगेको छ।
बुधबार देशभर ३८१ संक्रमित थपिएका छन्। योसँगै कुल संक्रमितको संख्या २१ हजार ३ सय ९० पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।