काठमाडाैं- नेपालमा बुधबार थप ३ सय ८१ जनामा काेराेना भाइरसकाे संक्रमण देखिएकाे छ।
पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा साे संख्यामा काेराेनाका नयाँ संक्रमित भेटिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए। याेसँगै नेपालमा कूल काेराेना संक्रमितकाे संख्या २१ हजार ३ सय ९० पुगेको छ।
पछिल्लाे २४ घण्टामा १ सय ३० जना कोरोना मुक्त भई भएका छन्। याेसँगै नेपालमा हालसम्म १५ हजार १ सय ५६ जना कोरोनाबाट निको भएका छन्।
पछिल्लो २४ घण्टामा थप २ जनामा कोरोना संक्रमितकाे मृत्यु भएकाे छ। याेसँगै मृतककाे संख्या ६० पुगेकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।