काठमाडाैं- सर्वोच्च अदालतका एक जना सवारी चालकमा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ। संक्रमित न्यायाधीशहरुको सवारी चालक रहेको सर्वोच्च स्रोतले जनाएको छ।
सोमबार सर्वोच्च अदालतबाट एक सय जनाको स्वाब लिइएको थियो। यसमध्ये बुधबार ६० जनाको रिपोर्ट आएकोमा कोरोना पोजेटिभ देखिएको हो।
यसअघि सभामुख अग्नि सापकोटाका सुरक्षामा खटिएका एक सवारी चालकमा पनि कोरोना देखिएको थियो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा गरिएको परीक्षणमा पनि १५ जनामा संक्रमण पुष्टि भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।