काठमाडौं– आइसिसी क्रिकेट विश्वकप सुपर लिगअन्तर्गत एकदिवसीय सिरिजमा घरेलु टोली इंग्ल्यान्डमाथि आयरल्यान्डले ७ विकेटको शानदार जित निकालेको छ। यो जित निकाल्ने क्रममा आयरल्यान्डका कप्तान एन्ड्यु बलब्रायनी र पाउल स्ट्रलिङ हिरो सावित भए।
बलियो इंग्ल्यान्डले पहिलो र दोस्रो खेलमा जित हात पार्दै तीन खेलको एकदिवसीय सिरिज आफ्नो पक्षमा पारिसकेको थियो भने विश्वकप सुपर लिगमा २० अंक बुटुल्न भ्याएको थियो। तर, आयरल्यान्ड भने जितविहीन थियो। अन्तिम खेलमा आरल्यान्डलाई जित्नु नै पर्ने दबाब थियो। शान्तवना जितको खोजिमा रहेको आयरल्यान्डले टस जितेर फिल्डङ गर्ने निर्णय गर्याे। हुन त यसअघि पहिले ब्याटिङ गर्दा भोगेको दुई हारले पनि बलिङ गर्ने निर्णय आयरलयन्डको हुनुपर्छ।
४४ रन हुँदा इंग्ल्यान्डले महत्वपूर्ण तीन विकेट गुमायो तर चौथो विकेटको रुपमा आएका कप्तान इयोन मोर्गनले उत्कृष्ट प्रदर्शन गर्दै शतक बनाए। योसँगै इंग्ल्यान्ड राम्रो स्थितिमा पुग्यो। टोम बेनटनले ५८ र डेविड विलीले ५१ रनको योगदान दिँदा इंग्ल्यान्डले निर्धारित ५० ओभर सकिन १ बल बाँकी छँदा सबै विकेटको क्षतिमा ३२८ रन बनाउन सक्यो। आयरल्यान्डका लागि क्रेग योङले तीन विकेट लिए।
३२९ रनको विशाल लक्ष्य पाएको आयरल्यान्डको लागि जित असम्भव जस्तै थियो। ४९.५ ओभरमा मात्र ३ विकेटको क्षतिमा आयरल्यान्डले लक्ष्य भेटायो। ओपनिङमा आएका स्ट्रर्लिङ र ग्यारेथ डेलनीले पहिलो विकेटका लागि ५० रनको साँझेदारी गर्दै टिमलाई उकासे। स्ट्रर्लिङले तेस्रो नम्बरमा आएका एन्ड्यु बलब्रायनीसँग मिलेर २१४ रनको विशाल साँझेदारी गरेपछि आयरल्यान्डले जित तय गरेको हो।
स्ट्रर्लिङले १४२ रन बनाए। उनले १२८ बलमा ९ चौका र ६ छक्का प्रहार गरे। त्यस्तै, कप्तान एन्ड्युले ११३ रन बनाउने क्रममा ११२ बलको सामना गर्दै १२ छक्का प्रहार गरे।
बलियो टिम इंग्ल्यान्डले यो सिरिज २–१ ले जित्यो। तर, अन्तिम खेलको हारले भने सबैको मन आयल्यान्डले तान्यो। योसँगै विश्वकप सुपर लिगको पहिलो सिरिज सकिँदासम्म इंग्ल्यान्डले २० अंक बनाउँदा आयरल्यान्ड भने १० अंक बनाएर घर फर्किएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।