काठमाडाैं- काेराेना भाइरसका कारण विश्वभर मृत्यु हुनेकाे संख्या ७ लाख नाघेकाे छ। अमेरिका, ब्राजिल, भारत र मेक्सिकाेमा सबैभन्दा बढी मानिसकाे काेराेना संक्रमणका कारण मृत्यु भएकाे छ।
समाचार एजेन्सी राेयटर्सका अनुसार काेराेना महामारीले दैनिक करिब ५ हजार ९ सय मानिसकाे मृत्यु हुने गरेकाे छ। प्रत्येक घण्टा २ सय ४७ जना र प्रत्येक १५ सेकेण्डमा एक जनाकाे मृत्यु हुने गरेकाे राेयटर्सलाई उदृत गर्दै बिबिसीले लेखेकाे छ।
विश्वमा बुधबार बिहानसम्म एक कराेड ८५ लाख ४१ हजार ८ सय ६२ जनामा काेराेनाकाे संक्रमण देखिएकाे छ भने ७ लाख ६ सय ८३ जनाकाे मृत्यु भएकाे छ।
अमेरिका र ल्याट्रिन अमेरिकामा काेराेनाकाे संक्रमण तीव्र रुपमा फैलिएकाे छ। राेकथामका लागि प्रयासहरु भएपनि ती सफल हुन सकेका छैनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।