काठमाडौं- जनता समाजवादी पार्टीले ‘इनफ इज इनफ’ अभियानका मागहरु पूरा गर्न आग्रह गरेको छ। मंगलबार एक विज्ञप्ति जारी गर्दै जसपाले अभियानको मागप्रति ऐक्यबद्धता प्रकट गर्दै माग पूरा गर्न आग्रह गरेको हो।
‘इनफ इज इनफको जायज मागहरु अविलम्ब पूरा गरी देशको बिग्रँदो अवस्थामा सुधार ल्याउन अल्पकालीन र दीर्घकालीन योजना बनाई उचित व्यवस्थापन एवं कदम उठाउन पनि जनता समाजवादी पार्टी, नेपाल सरकारसँग जोडदार माग गर्दछ’, प्रकाश अधिकारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
पार्टीले इनफ इज इनफ अभियन्ताहरुले कोभिड-१९ को सबल व्यवस्थापन सहितका १४ बुँदे मागहरु राखी अनसन जारी राखेकोलाई सरकारले अहिलेसम्म बेवास्ता गरी उनीहरुले उठाएका समस्याहरुलाई समाधान नगर्ने धृष्टता गरिरहेको बताएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।