काठमाडौं- काठमाडौ उपत्यकामा ६२ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार काठमाडौं जिल्लामा ४८ जना संक्रमित थपिएका छन्। ललितपुरमा १ र भक्तपुरमा १३ जना थपिएका छन्।
केन्द्रीय प्रयोगशाला टेकु, पाटन अस्पताल, त्रिवि शिक्षण अस्पताल, सशस्त्र प्रहरी कोरोना अस्पताल, स्टार अस्पताल लगायतका स्थानमा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएको हो।
योसँगै काठमाडौंमा ५४१, ललितपुरमा १०९ र भक्तपुरमा ७७ व्यक्तिमा कोरोना संक्रमण भएको छ। योसँगै उपत्यकामा हालसम्म ७ सय २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
मंगलबार देशभरमा २ सय ५९ जना संक्रमित थपिएका छन् भने ६५ जना संक्रमणमुक्त भएर घर फर्किएका छन्। नेपालमा हालसम्म ५८ जना कोरोना संक्रमितको मृत्यु भएको पुष्टि भएको छ।
हालसम्म १५ हजार २६ संक्रमणमुक्त भएका छन् भने २१ हजार ९ जनामा संक्रमण पुष्टि भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।