काठमाडौं- पछिल्लो २४ घन्टामा नेपालमा थप २५९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।
२४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।
आज थपिएका सहित नेपालमा संक्रमितको संख्या २१ हजार ९ जना पुगेको छ।
हालसम्म नेपालमा ५८ जना कोरोना संक्रमितको मृत्यु भएको जानकारी मन्त्रालयले दिएको छ।
हाल १० हजार ४ सय ५२ जना क्वारेन्टाइनमा छन्। मंगलबार ७ हजार ६ सय ८७ जनामा कोरोनाको पिसिआर परीक्षण भएको छ।
पछिल्लो २४ घण्टायता ६५ जना संक्रमणमुक्त भएका छन् भने हालसम्म १५ हजार २६ जना निको भएर घर फर्किएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।