नयाँ दिल्ली- भारतमा थप ५२ हजार जनामा काेराेना भाइरसकाे संक्रमण देखिएकाे छ। भारतकाे स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लाे २४ घण्टामा ५२ हजार ५० जनामा संक्रमण देखिएकाे हाे। याेसँगै मंगलबार बिहानसम्म संक्रमितकाे संख्या १८ लाख ५५ हजार ७ सय ४६ पुगेकाे छ।
भारतमा पछिल्लाे २४ घण्टामा ८ सय ३ जना काेराेना संक्रमितकाे मृत्यु भएकाे छ। याेसँगै मृत्यु हुनेकाे संख्या ३८ हजार ९ सय ३८ पुगेकाे मन्त्रालयले जनाएकाे छ।
भारतमा पछिल्ला ५ दिनमा दैनिक ५० हजारभन्दा बढी मानिसमा संक्रमण देखिएकाे छ। भारत विश्वमा सबैभन्दा बढी संक्रमित हुने देशमा तेस्राे स्थानमा रहेकाे छ। अमेरिकामा सबैभन्दा बढी संक्रमित छन् भने ब्राजिल दाेस्राे स्थानमा रहेकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।