काठमाडौं- नेपालमा कोरोना संक्रमितको संख्या २० हजार ७ सय ५० पुगेको छ। गत २४ घण्टामा मात्र ४ सय १८ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणको क्रममा सुनसरीका ५, कोशी अस्पताल विराटनगरमा झापामा १, मोरङका ३७ जनामा कोरोना भेटिएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए।
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पशुपन्छी रोग अन्वेषण प्रयोगशाला विराटनगरमा झापाका ४, मोरङका ९, गजेन्द्र नारायणसिंह अस्पताल राजविराज प्रयोगशालमा सिराह ३, सप्तरीका ५१ जनामा कोरोना पुष्टि भएको छ।
त्यसैगरी, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा सर्लाहीका १, महोत्तरीका ३०, धनुषाका ३०, नारायणी अस्पताल वीरगञ्जमा बाराका ३, पर्साका ७१ जनामा कोरोना भेटिएको छ। त्यसैगरी, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा भक्तपुरका १, काठमाडौंका ८, कैलालीका ३५, कञ्चनपुरका ८, रसुवाका १ जनामा कोरोना पृष्टि भएको छ।
गत २४ घण्टामा गरिएको परीक्षणमा कोरोना पुष्टि हुनेमा शुक्रराज ट्रपिकल तथा सरुवा अस्पताल टेकुमा बाराका १, काठमाडौंका १७, रौतहटका २ जना छन्।
पाटन अस्पताल, ललितपुरमा काठमाडौंका ५, ललितपुरका २, भक्तपुरका ४, महोत्तरीका १, चितवनका १, गुल्मीका १, वीर अस्पताल ,काठमाडौंमा २ जनामा कोरोना भएको मन्त्रालयले जनाएको छ।
त्यस्तै त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा काठमाडौं १, दोलखा १, नेपाल प्रहरी अस्पतालमा काठमाडौंका २ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। स्टार अस्पताल सानेपामा काठमाडौं ५, ललितपुरका १, श्री विरेन्द्र अस्पतालमा काठमाडौंका ३ जनामा कोरोना भेटिएको छ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कास्कीका ८, प्रादेशिक क्षयरोग केन्द्र पोखरामा स्याङजाका १ र प्रदेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा रुपन्देहीका १ जनामा कोरोना पुष्टि भएको छ।
भेरी अस्पताल नेपालगञ्ज प्रयोगशालामा बाँकेका ८, बार्दियाका १, दाङका १, कैलालीका १, सुर्खेत प्रादेशिक अस्पतालमा सुर्खेतका २ जनामा कोरोना भेटिएको छ।
दैलेख आरटी पिसिआर प्रयोगशालमा दैलेखका २, चौरजहारी नगरपालिका पिसिआर प्रयोगशाला रुकुममा रुकुम पश्चिमका २ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ। सेती प्रदेशिक अस्पताल धनगढीमा कञ्चनपुरका ८, कैलालीका ३१, अछामका ४ जनामा कोरोना पृष्टि भएको छ।
कोरोनाको आशंकामा गत २४ घण्टामा ७ हजार ६ सय ३७ जनाको पिसिआर परीक्षण गरिएको थियो। कुल संक्रमितमध्ये हाल ५ हजार ७ सय ३२ जना सक्रिय संक्रमित छन्। मुलुकभर हाल १० हजार ४ सय ५२ जनालाई क्वारेन्टाइनमा राखिएको मन्त्रालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।