काठमाडौं- जनप्रतिनिधि र कर्मचारीमा कोरोना संक्रमण देखिएपछि नेपालगञ्ज उपमहानगरपालिका कार्यालय सिल गरिएको छ।
सोमबार कर्मचारी र जनप्रतिनिधि गरी ८ जनामा कोरोना संक्रमण पुष्टि भएको उपमेयर उमा थापामगरले जानकारी दिइन्।
कर्मचारीमा समेत ठूलो संख्यामा कोराना देखिएपछि अर्को सूचना जारी नहुँदासम्म कार्यालय पूर्ण रुपमा सिल गरिएको उनले बताइन्।
साउन ७ मा संघीय सरकारले जारी गरेको लकडाउन अन्त्य भएसँगै देशभर संक्रमितको संख्या बढ्दै गएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।