काठमाडौं– इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट युनाइटेड अरब इमिरेट्स (युएई)मा गर्न भारत सरकारले अनुमति दिएको छ। आइतबार भएकाे छलफलपछि भारत सरकारले युएईमा १३औं संस्करणको आइपिएल गर्न स्वीकृति दिएको हो। योसँगै अब युएईमा सेप्टेम्बर १९ देखि नोभेम्बर १० तारिखसम्म प्रतियोगिता हुनेछ।
भारतीय क्रिकेट बोर्ड (बिसिसीआई)ले कोरोनाका कारण रोकिएको आइपिएल युएईमा गर्नका लागि भारत सरकारसँग अनुमति मागेको थियो। त्यस्तै एक टिममा २४ खेलाडी मात्रै हुनुपर्ने व्यवस्था पनि ल्याएको छ। कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै एउटा टिममा २४ भन्दा बढि खेलाडी राख्न पाहिने छैन।
टि–२० विश्वकप क्रिकेट यो वर्ष नहुने भएसँगै रोकिएको आइपिएल गर्ने मौका पाएको हो। योसँगै आइपिएल युएईमा दोस्रो पटक सञ्चालन हुन लागेको हो। यसअघि सन् २१४ मा भारतमा चुनाव हुँदा आइपिएलका २० खेल यएईमा भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।