काठमाडौं- एसिड आक्रमणका घटना बढिरहेको भन्दै महान्यायाधिवक्ता कार्यलयले बिक्री वितरणमा व्यवस्थितका लागि अध्ययन गरी सुझाव दिन समिति गठन गरेको छ। कार्यालयले आइतबार ९ सदस्यीय अध्ययन समिति गठन गरेको हो।
महान्यायाधिवक्ता अग्नि खरेलको अध्यक्षतामा बसेको बैठकले नायब महान्यायाधिवक्ताको नेतृत्वमा अध्ययन समिति गठन गरेको हो। समितिका संयोजक विश्वराज कोइराला छन् भने सदस्य-सचिवमा उपन्यायाधिवक्ता ज्ञानप्रसाद भुसाल छन्।
कानुन मन्त्रालयका सहसचिव हुमबहादुर केसी, गृह मन्त्रालयका सहसचिव, उद्योग मन्त्रालय तथा मातहतका निकायका ३ जना, स्वास्थ्य मन्त्रालयका सहसचिव डा विकास देवकोटा र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयकी उपसचिव रोशनी कार्की सदस्य छन्।
एसिड वा त्यस्तै प्रकारका रासायतिक पदार्थको आयाता, उत्पादन, विक्रीवितरण तथा ओसारपसार, निर्यात, संचय, नष्ट गर्ने तथा त्यसको अनुगमन वा नियमनका विषयमा अध्ययन गर्नुपर्नेछ।
अध्ययन गरी सुझावसहितको प्रतिवेदन बुझाउन समितिले एक महिनाको समय पाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।