काठमडौं- आइतबार काठमाडौं उपत्यकामा ३१ जना कोरोना संक्रमित थपिएका छन्। पछिल्लो २४ घन्टामा काठमाडौंमा २२, ललितपुर ८ र भक्तपुर १ जनामा कोरोना संक्रमण देखिएको छ।
योसँगै काठमाडौंमा कोरोना संक्रमित हुनेको संख्या ४५० ललितपुरमा १०५ र भक्तपुरमा ५९ पुगेको छ भने काठमाडौं उपत्यकाको कुल संक्रमित संख्या ६१६ पुगेको छ।
शुक्रबार देशभर २४६ संक्रमित थपिएका छन्। योसँगै कूल संक्रमितकोे संख्या २० हजार ३३२ पुगेको छ।
शुक्रबार १११ जना व्यक्ति संक्रमणमुक्त भई डिस्चार्ज भएका छन्। हालसम्म निको हुनेको संख्या १४ हजार ६०३ पुगेको छ। पछिल्लो २४ घण्टामा १ जनाको मृत्यु भएसँगै मृत्यु हुने कोरोना संक्रमितको संख्या ५७ पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।