काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १२ वर्ष मुनिका बालबालिका र ६० वर्ष माथिका ज्येष्ठ नागरिकलाई घरबाट बाहिर ननिस्कन आग्रह गरेको छ। उनीहरुमा कोरोना भाइरस संक्रमणको जोखिम बढी हुने भन्दै मन्त्रालयले अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन आग्रह गरेको हो।
१२ वर्ष मुनिका बालबालिका र ६० वर्ष उमेर ज्येष्ठ नागरिकमा रोग प्रतिरोधात्मक क्षमता कम हुने भएकाले उनीहरु जोखिम समूह पर्ने चिकित्सकले बताउँदै आएका छन्।
सरकारले ६० वर्ष उमेरका व्यक्तिहरुको पनि पिसिआर परीक्षण गर्ने भएको छ। हालै मात्र परिवर्तन गरिएको नेसनल टेस्टिङ गाइडलाइन फर कोभिड–१९ ले ६० वर्ष उमेर माथिका व्यक्तिको पिसिआर परीक्षण गर्न भनेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।