काठमाडौं- पछिल्लो २४ घण्टामा थप १११ जना कोरोना संक्रमणमुक्त भएका छन्। देशका विभिन्न अस्पतालबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।
योसहित नेपालमा हालसम्म १४ हजार ६०३ उपचारपछि निको भएका छन्। पछिल्लो २४ घन्टामा नेपालमा थप २४६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।
आज थपिएका सहित नेपालमा संक्रमितको संख्या २० हजार ३ सय ३२ जना पुगेको छ।
हालसम्म नेपालमा ५७ जना कोरोना संक्रमितको मृत्यु भएको जानकारी मन्त्रालयले दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।