काठमाडौं– स्मार्टफोन ब्रान्ड ओपोले 'ए' सिरिज अन्तर्गत नयाँ स्मार्टफोन ओपो ए–१२ सार्वजनिक गरेको छ। ४२३० एमएएच क्षमताको ब्याट्रीसहितको यो फोनमा ३ जीबी र्यामका साथै ३२ जीबी रोम र ४ जीबी र्याम र ६४ जीबी रोम गरी दूई विकल्पका साथ सार्वजनिक गरिएको ओपोले जनाएको छ।
ओपो ए–१२ मा रियर फिंगरप्रिन्ट सेन्सर, ओक्टा(कोर प्रोसेसर र एआई डुअल रियर क्यामेरालगायतका विशेषता छन्।
ओपो ए–१२मा स्मार्ट साउन्ड इफेक्ट वा साउन्ड अप्टिमाइजेसन फिचर, डिराक उपलब्ध भएको र यसले स्वचालित रुपमा गेम, अडियो तथा भिडियोका आधारमा उत्कृष्ट साउन्ट इफेक्ट सेटिङको गर्न सकिने बताइएको छ।
ओपो ए-१२ मा १५२०×७२० रिजोल्युसनसहितको ६.२२ इञ्चको वाटरड्रप आई प्रोटेक्सन स्क्रिन जडान गरिएको छ। यसमा रहेको ब्ल्यू लाइट फिल्टरले आँखालाई सुरक्षा प्रदान गर्ने कम्पनीको भनाइ छ।
यो फोनमा डुअल रियर क्यामेरा( १३ मेगापिक्सेल र २ एमपी डेप्थ क्यामेरा जडान गरिएको छ। ५ एमपी फ्रन्ट क्यामेरा रहेको फोनबाट लिइएको तस्बिर पनि गुणस्तरीय हुने बताइएको छ।
३ जीबी र्याम तथा ३२ जीबी रोम भएकोे फोनको मूल्य १८ हजार ५९० छ भने ४ जीबी र्याम तथा ६४ जीबी रोम भ्यारियन्टको मूल्य २० हजार ७९० निर्धारण गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।