काठमाडाैं- भारतकाे उत्तर प्रदेशमा काेराेना भाइरसका कारण एक मन्त्रीकाे मृत्यु भएकाे छ। भारतीय सञ्चार माध्यमका अनुसार उत्तर प्रदेशकी प्राविधिक शिक्षामन्त्री कमल रानी वरुणकाे कोरोना संक्रमणका कारण मृत्यु भएकाे हाे।
उनलाई जुलाई १८ मा काेराेनाकाे संक्रमण देखिएकाे थियाे। उनलाई खनऊस्थित एसजिपिजिआईमा भर्ना गरिएको थियो। उनको आइतबार बिहान मृत्यु भएकाे हाे।
मुख्यमन्त्री योगी आदित्यनाथले मन्त्री कमल रानीको निधनमा शोक व्यक्त गरेका छन्। उनले आइतबारकाे अयोध्या भ्रमणको कार्यक्रम पनि रद्द गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।