काठमाडौं-समस्याग्रस्त सूचीबाट हटेसँगै नेपाल फाइनान्सले एकै पटक ८ आर्थिक वर्षको सधारणसभा गर्ने भएको छ।
फाइनान्सले भदौ ११ गते यस अगाडि रोकिएका सम्पूर्ण आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदन पेश गर्ने छ। संस्थाले हालको चुक्ता पुँजीको १७५ प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने विशेष प्रस्ताव अगाडि सार्नेछ।
२०७४ फागुन २९ को विशेष साधारणसभाले हकप्रद शेयर निष्काशनको विशेष प्रस्ताव पारित गरेको थियाे। उक्त हकप्रद शेयर निष्कासनपछि संस्थाको चुक्ता पुँजी ३० करोड ५५ लाख रुपैयाँ पुगेको छ।
यसै पुँजीको थप १७५ प्रतिशत हकप्रद शेयर निष्काशनपछि चुक्ता पुँजी ८४ करोड २ लाख रुपैयाँ पुग्नेछ। साधारणभाले अन्य बैंक तथा वित्तीय संस्थासँग गाभ्ने गाभिने प्रयोजनका लागि सञ्चालक समितिलाई अधिकार दिने प्रस्ताव पारित गर्नेछ।
त्यस्तै संस्थाको सम्पत्ति तथा दायित्व मूल्याङ्कनका लागि आवस्यक पर्ने अख्तियारी पनि सञ्चालक समितिलाई नै प्रदान गर्ने प्रस्ताव साधारणसभा लगिनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।