काठमाडाैं- सभामुख अग्निप्रसाद सापकोटासहित स्वकीय सचिवालयका कर्मचारी र सुरक्षाकर्मीको काेराेना परीक्षणकाे रिपाेर्ट नेगेटिभ आएकाे छ। सभामुख सापकाेटाकाे स्कर्टिङमा रहेको सवारीसाधनमा खटिएका एक सुरक्षाकर्मीमा कोरोना देखिएपछि सापकाेटासहित उनकाे स्वकीय सचिवालयका कर्मचारी र सुरक्षामा खटिएका सुरक्षाकर्मीकाे काेराेना परीक्षण गरिएकाे थियाे।
शुक्रबार सभामुख सापकोटासहित स्वकीय सचिवालयका कर्मचारी र सुरक्षाकर्मीको स्वाब संकलन गरी पिसिआर विधिबाट परीक्षण गरिएको हाे। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालबाट गएराति अबेर प्राप्त रिपोर्टमा सबैको काेराेना नेगेटिभ रहेको सचिवालयले जनाएकाे छ।
प्रहरी प्रधान कार्यालयका प्रहरीमा काेराेना देखिएपछि कन्ट्याकट ट्रेसिङमा परीक्षण गर्दा सापकाेटाकाे सुरक्षाका लागि अगुवा गाडीमा रहेका एक सुरक्षाकर्मीमा कोरोना पुष्टि भएको थियाे। उनी साउन ६ गतेसम्म सभामुखकाे अगुवामा सुरक्षार्थ खटिएका थिए। एक जना सुरक्षाकर्मीमा कोरोना देखिएपछि सभामुखको सचिवालमा खटिएका सुरक्षाकर्मी र अन्यको स्वाब संकलन गरिएकाे थियाे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।