नयाँ दिल्ली- भारतमा एकैदिन ५४ हजार जनाभन्दा बढीमा काेराेना भाइरसकाे संक्रमण देखिएकाे छ। भारतकाे स्वास्थ्य मन्त्रालयकाे तथ्यांकअनुसार पछिल्लाे २४ घण्टामा ५४ हजार ७ सय ३६ जनामा संक्रमण देखिएकाे हाे।
याेसँगै भारतमा काेराेना संक्रमितकाे संख्या १७ लाख ५० हजार ७ सय २४ पुगेकाे छ। पछिल्लाे २४ घण्टामा ८ सय ५३ जना काेराेना संक्रमितकाे मृत्यु भएकाे छ। भारतमा अहिलेसम्म ३७ हजार ३ सय ६४ जना काेराेना संक्रमितकाे मृत्यु भएकाे छ।
काेराेना संक्रमितमध्ये ११ लाख ४५ हजारभन्दा बढी बिरामी निकाे भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।