काठमाडौं- ग्लोबल टेक्नोलोजी लिडर शाओमीले नेपालमा बजेट सेग्मेन्टभित्र दुई नयाँ स्मार्टफोन मोडल-रेडमी ९ र रेडमी ९ ए सार्वजनिक गरेको छ। जसमा शक्तिशाली चिपसेट र प्रिमियम विशेषता रहेको कम्पनीले जनाएको छ।
रेडमी ९ मा बहुउपयोगी क्वाड क्यामेरा सेटअप विशेषता रहेको छ। द्रुत स्न्याप, वाईड एन्गल ग्रुप सट, मोहक विवरणका साथ क्लोज अप वा सुन्दर पोट्रेट सजिलै लिन सकिने कम्पनीले जनाएको छ। यसमा ६.५३ इन्च एफएडी प्लस डट ड्रप डिस्प्ले रहेको छ। यस्तै ५ हजार एमएएच क्षमताको ब्याट्री रहेकाे छ।
रेडमी ९ ए मा मिडियाटेक हेलियो जी २५, अक्टा कोर गेमिङ चिपसेटजस्ता विशेषताहरु छन्। यसमा एआई अप्टिमाइज्ड् १३ एमपी रियर क्यामेरा छ। रेडमी ९ तीन रङ कार्बन ग्रे, ओशन ग्रीन र सनसेट पर्पलमा उपलब्ध छ। यो ३ जीबी+३२ जीबी भेरियन्टको मूल्य १६ हजार ९ सय ९९ रुपैयाँको रहेको छ भने ४ जीबी+६४ जीबी भेरियन्टको मूल्य १७ हजार ९ सय ९९ रहेको छ।
रेडमी ९ ए २ जीबी+३२ जीबी भेरियन्टको मूल्य ११ हजार ४ सय ९९ रहेको छ। यो ग्रेनाइट ग्रे, पिकक ग्रीन र स्काई ब्लू गरी ३ वटा रङमा उपलब्ध छ। यी दुवै फोनहरु आधिकारिक मी स्टोर, रिटेल पार्टनर र अनलाईन च्यानलमा उपलब्ध हुने कम्पनीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।