काठमाडौं- शनिबार काठमाडौं उपत्यकामा ६ जना कोरोना संक्रमित थपिएका छन्। काठमाडौंमा थप ५ जना र भक्तपुर १ जनालाई कोरोना संक्रमण देखिएको पुष्टि भएको हो।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा काठमाडौंका २, नेपाल प्रहरी अस्पतालमा काठमाडौंका १, नेपाल कोरियामैत्री अस्पताल भक्तपुरमा काठमाडौंका २ र भक्तपुरका १ गरी उपत्यकाका थप ६ जनामा कोरोना संक्रमण भएको शनिबार पुष्टि भएको हो।
योसँगै अब काठमाडौंमा कोरोना संक्रमित हुनेको संख्या ४२८, भक्तपुरमा ५८ र ललितपुरमा ९७ जना पुगेको छ।
शनिबार देशभर ३१५ संक्रमित थपिएका छन्। योसँगै कूल संक्रमितको संख्या २० हजार ८६ पुगेको छ। हाल देशभर ५ हजार ३ सय ३८ जना संक्रमितको उपचार भइरहेको छ।
शनिबारै देशका विभिन्न जिल्लाका अस्पताल तथा आइसोलेसन सेन्टरबाट ९३ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन्। हालसम्म निको हुनेको संख्या १४ हजार ४९२ पुगेको छ।
हालसम्म कोरोना संक्रमित ५६ जनाको भने मृत्यु भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।