एजेन्सी- ब्राजिलमा पछिल्लो २४ घण्टामा ५२ हजार जनाभन्दा बढी कोरोना भाइरसका संक्रमित थपिएका छन्। ब्राजिलमा २४ घण्टायता मात्र करिब ५२ हजार ३८३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हाे।
योसँगै संक्रमितको संख्या २६ लाख पुगेको ब्राजिलको स्वास्थ्य मन्त्रालयले जनाएको छ। अधिकारीहरुले जनाएअनुसार संक्रमितको पछिल्लो संख्या २६ लाख ६६ हजारभन्दा बढी पुगेको छ।
गएको २४ घण्टामा १ हजार २१२ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ। ९२ हजार ५६८ जनाले कोरोना भाइरसका कारण ज्यान गुमाएका बताइएको छ। तर पछिल्लो समयमा संक्रमितको संख्यामा भने केही कमी आएको छ।
गत बिहीबारको परीक्षणको तुलनामा शुक्रबार संक्रमित घटेका हुन्। बिहीबार ६९ हजारभन्दा बढी संक्रमित देखिएकोमा शुक्रबार यो संख्यामा कमी आएको हो। ब्राजिल अमेरिकापछि सबैभन्दा बढी कोरोना प्रभावित देश हो। त्यहाँ अझै ठूलो संख्यामा नागरिक संक्रमित भएको आशंका गरिएको छ। तर पनि परीक्षणको संख्या बढाउनुपर्ने उनीहरुको भनाई छ।
यसै कारणले पनि यहाँ ठूलो संख्यामा संख्यामा फैलिएको बताउने गरिएको छ। ब्राजिलमा दैनिक ५० हजारभन्दा बढी मानिस संक्रमित हुने गरेका छन्। स्वास्थ्य मन्त्रालयलका अनुसार १८ लाखभन्दा बढी मानिस निको भएका छन्।
(रासस-एएनआई)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।