एजेन्सी– कोरोना महामारीबाट विश्वभर संक्रमित हुनेहरुको संख्या १ करोड ७४ लाख नाघेको छ। जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांकअनुसार कोरोनाबाट विश्वभर १ करोड ७४ लाख ९७ हजार ३ सय ५४ जना संक्रमित भएका हुन्।
यस्तै, हालसम्म ६ लाख ७७ हजार २ सय ७९ जनाको मृत्यु भइसकेको छ भने १ कराेड २ लाख ५७ हजार ९ सय ६४ जना निको भइसकेका छन्। सबैभन्दा बढी प्रभावित अमेरिकामा ४५ लाख ५६ हजार २ सय ३२ जना संक्रमित भएका छन् भने १ लाख ५३ हजार २ सय ६८ जनाको मृत्यु भएको छ।
यस्तै, ब्राजिलमा २६ लाख ६२ हजार ४ सय ८५ संक्रमित र ९२ हजार ४ सय ७५ जनाकाे मृत्यु भएकाे छ। भारतमा १६ लाख ३८ हजार ८ सय २७ जना संक्रमित र ३५ हजार ५ सय ४५ को मृत्यु तथा रुसमा ८ लाख ३८ हजार ४ सय ६१ संक्रमित र १३ हजार ९ सय ३९ जनाको मृत्यु भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।