काठमाडौं-देशका विभिन्न अस्पतालमा गरी २४ जना कोरोना संक्रमितको आइसीयुमा उपचार भइरहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ वटा प्रदेशमा २४ जना आइसीयुमा उपचाररत छन्।
मन्त्रालयका अनुसार सबैभन्दा बढी बागमती प्रदेशमा १५ जना संक्रमित आइसीयुमा छन्। त्यसपछि प्रदेश २ मा ५ जना तथा प्रदेश ५ र कर्णाली प्रदेशमा २/२ जना आइसीयुमा उपचाररत छन्।
प्रदेश १, गण्डकी र सुदूरपश्चिम प्रदेशमा भने संक्रमित आइसोलेसनमा छैनन्।
पछिल्लो समय नेपालमा भेटिएका नयाँ संक्रमितहरुमा कोरोनाको लक्षण देखिन थालेको छ। संक्रमितमा लक्षण देखिनु समस्या र संक्रमित दुवै बढ्ने संकेत रहेको विज्ञहरु बताउँछन्।
कोरोना संक्रमित मृतकको संख्या हालसम्म ५६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक छ। नेपालमा संक्रमितको संख्या १९ हजार ७ सय ७१ पुगेको छ। जसमध्ये ५ हजार बढी सक्रिय संक्रमित छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।