काठमाडौं–विराटनगरमा पनि समुदायस्तरमै कोरोना संक्रमण देखिन थालेको छ। संक्रमण फैलन थालेपछि महानगरपालिकाले साउन १६ गते राति १२ बजेदेखि लागू हुने गरी दुई साताका लागि लकडाउन गरेको छ।
नगरस्तरीय कोभिड क्राइसिस म्यानेजमेन्ट कमिटीको बैठकले साउन ३० गते राति १२ बजेसम्म लकडाउन गर्ने निर्णय गरेको हो।
यसअनुसार अत्यावश्यकबाहेकका सेवा बन्द गरिएको छ।
खाद्यान्न, तरकारी तथा फलफूल पसलहरु (पूरानो र नयाँ गुद्री बजारबाहेक), औषधि पसल, दूध, पानी, ग्याँस, अक्सिजन, वारुण यन्त्र, एम्बुलेन्स, अस्पताल तथा नर्सिंङ होम (बहिरंग सेवाबाहेक), आइसिपीबाट आउने जाने मालवाहक सवारीसाधन, सरसफाइकर्मी, स्वास्थ्यकर्मी र सञ्चारलगायतका अत्यावश्यक सेवा भने खुला रहनेछन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।