काठमाडौं– पाकिस्तानी क्रिकेटर हरिस राउफ लामो समयपछि कोरोना भाइरस (कोभिड–१९) बाट मुक्त भएका छन्। सोमबार र बिहीबार गरिएको दुई परीक्षणमा उनको रिपोर्ट नेगेटिभ आएपछि इंग्ल्यान्डविरुद्धको टेस्ट क्रिकेट खेल्न शुक्रबार बिहान नै त्यसतर्फ प्रस्थान गरेका छन्।
करिब एक महिनाअघि गरिएको परीक्षणमा हरिसलाई कोरोना संक्रमण देखिएको थियो। जुलाई १९ पछि मात्रै हरिसले ५ पटक कोरोना टेस्ट गराएका थिए। जहाँ पाँच पटक उनीमा कोरोना संक्रमण देखिएको थियो। उनी कोरोना मुक्त भएसँगै मुख्य प्रशिक्षक मिस्बाह उल हकले उनलाई टिममा बोलाएका छन्।
पाकिस्तानले इंग्ल्यान्डलसँग तीन खेलको टेस्ट क्रिकेट सिरिज र तीन खेलको टि–२० सिरिज खेल्नेछ। पाकिस्तान र इंग्ल्यान्डबीचको पहिलो टेस्ट अगस्ट ५ तारिखबाट सुरु हुँदैछ। दोस्रो खेल १३ अगस्टबाट सुरु हुँदा तेस्रो खेल २१ अगस्टबाट सुरु हुनेछ।
त्यस्तै, तीन खेलको टि–२० सिरिजको पहिलो खेल २८ तारिखमा खेल्नेछ। दोस्रो खेल ३० तारिखमा खेल्ने पाकिस्तानले अन्तिम खेल सेप्टेम्बर १ तारिखमा खेल्दै इंग्ल्यान्ड भ्रमण सकाउने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।