काठमाडाैं- प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत थप २८ जना प्रहरीमा काेराेना भाइरसकाे संक्रमण देखिएकाे छ। थप २८ जना प्रहरीमा काेराेना पुष्टी भएपछि कार्यालयमा शुक्रबारसम्म संक्रमितकाे संख्या ७२ पुगेकाे छ।
कन्ट्याक्ट ट्रेसिङका आधारमा स्वाब संकलन गरी परीक्षण गर्दा थप २८ जना प्रहरी अधिकारीहरुमा संक्रमण देखिएकाे हाे। सवारी र सञ्चार शाखामा कार्यरत प्रहरीमा संक्रमण पुष्टि भएपछि कन्ट्याक्ट ट्रेसिङका आधारमा स्वाब संकलन गरी परीक्षण गरिएकाे थियाे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।