वीरगञ्ज- वीरगञ्ज नारायणी अस्थायी कोरोना अस्पतालमा उपचाररत थप एक जना काेराेना संक्रमितकाे गएराति मृत्यु भएकाे छ। आइसीयूमा उपचाररत ५६ वर्षका पुरुषको मृत्यु भएकाे हाे। हिजो राति साढे ११ बजे उनकाे मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा मदन उपाध्यायले जानकारी दिए।
उनी जगदम्बा इन्टरप्राइजेजका प्रमुख कार्यकारी अधिकृत हुन्। याेसँगै नेपालमा काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या ५५ पुगेकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।