एजेन्सी–कोरोना महामारीबाट विश्वभर संक्रमित हुनेहरुको संख्या १ करोड ७२ लाख नाघेको छ। जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांकअनुसार कोरोनाबाट विश्वभर १ करोड ७२ लाख १९ हजार ७ सय ६७ जना संक्रमित भएका हुन्।
यस्तै, हालसम्म ६ लाख ७१ हजार ९ जनाको मृत्यु भइसकेको छ भने १ कराेड ७७ हजार ७ सय ६६ जना निको भइसकेका छन्। सबैभन्दा बढी प्रभावित अमेरिकामा ४४ लाख ८७ हजार ७२ जना संक्रमित भएका छन् भने १ लाख ५१ हजार ८ सय २६ जनाको मृत्यु भएको छ।
यस्तै, ब्राजिलमा २६ लाख १० हजार १ सय २ संक्रमित र ९१ हजार २ सय २३ को मृत्यु, भारतमा १५ लाख ८२ हजार २८ संक्रमित र ३४ हजार ९ सय ५६ को मृत्यु तथा रुसमा ८ लाख ३२ हजार ८ सय ९३ संक्रमित र १३ हजार ७ सय १८ जनाको मृत्यु भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।