काठमाडौं- म्याच फिक्सिङको आरोप लागेका पाकिस्तानका ब्याट्सम्यान उमर अक्मलको प्रतिबन्ध घटेको छ। पाकिस्तानको सर्वोच्च अदालतले उनको प्रतिबन्ध घटाएर १ वर्ष ६ महिनामा झारेको हो।
पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी) ले गत फेब्रुअरीमा अक्मललाई तीन वर्षको प्रतिबन्ध लगाएको थियो। आफूलाई आएको म्याच फिक्सिङको प्रस्ताव सम्बन्धित निकायलाई नभनेको भन्दै उमरलाई कारबाही स्वरुप पिसिबीले प्रतिबन्ध लगाएको थियो। तर सर्वोच्च अदालतका न्यायाधीश मोहम्मद खोखरको इजलाशले उनको प्रतिबन्ध घटाएर डेढ वर्षमा झारिएको हो। अब उनको प्रतिबन्ध समय २०२० को फेब्रुअरीदेखि २०२१ को अगस्टसम्म रहने छ।
अक्मल पाकिस्तानका विकेटकिपर ब्याट्सम्यान हुन्। उनले १६ टेस्ट खेलमा एक हजार तीन रन बनाएका छन् भने १२१ एकदिवसीय खेलमा तीन हजार एक सय ९४ रन बनाएका छन्। त्यस्तै, ८४ टि-२० खेलमा १६ सय ९० रन बनाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।