काठमाडाैं- सिंहदराबारका कर्मचारीको कोरोना परीक्षण गरिँदै छ। सिंहदरबारस्थित विभिन्न मन्त्रालयमा कार्यरत कर्मचारीहरूको बुधबार कोरोना परीक्षणका लागि स्वाब संकलन गरिन लागेको हो।
कोरोना संक्रमण समुदायमा फैलिएको/नफैलिएको बारे अध्ययन गर्नका लागि परीक्षण गर्न लागिएको हो। विभिन्न मन्त्रालयका बढी जनसम्पर्कमा रहने कर्मचारीको नामावली संकलन गरी स्वाब लिन लागिएको हो।
संकलित नामावलीहरुमध्येबाट केहीको स्याम्पलिङका रूपमा परीक्षण गरिने छ। सिंहदरबारभित्र सेन्ट्रल क्यान्टिन र प्रहरी वृत्त अगाडिको खाली ठाउँमा स्वाब संकलन हुने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।