काठमाडाैं- काठमाडौंको धुम्बाराहीस्थित हस्पिटल फर एडभान्स्ड मेडिसिन एन्ड सर्जरी प्रालि (ह्याम्स अस्पताल)ले कोरोना भाइरस (कोभिड-१९)को सशुल्क परीक्षण सुरु गरेकाे छ। अस्पतालले सुरक्षाका सम्पूर्ण सावधानी अपनाउँदै आरटी-पिसिआर परीक्षण सुरु गरेको जनाएकाे छ।
पिसीआर परीक्षणका लागि नेपाल सरकारले ताेकेकाे शुल्क ५ हजार ५ सय रुपैयाँ लाग्ने अस्पतालले जनाएकाे छ। अस्पतालमै परीक्षण सुरु भएपछि शल्यक्रिया गर्नुपर्ने, अन्य उपचारका प्रविधिहरु अपनाउनुपर्ने तथा आइसोलेसनमा राखेर उपचार गर्नुपर्ने बिरामीहरुलाई प्रत्यक्ष फाइदा पुग्ने अस्पताले जनाएकाे छ।
पिसीआरको रिर्पोट १२ घण्टाभित्र उपलब्ध हुने भएकाले उपचार प्रक्रियामा सहजता आउनुका साथै बिरामीको उपचार खर्चमा पनि कमी आउने अस्पताले जारी गरेकाे विज्ञप्तिमा उल्लेख छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।