काठमाडौं–गण्डकी प्रदेशमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्याङजा, बाग्लुङ र तनहुँका १–१ जना र म्याग्दीका २ गरी ५ जनामा संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।
संक्रमित सबैलाई आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको जनाइएको छ। योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ४ सय ३५ पुगेको छ।
नेपालमा भने कोरोना संक्रमितको संख्या १९ हजार ६८ पुगेको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।