प्रतीकात्मक तस्बिर
काठमाडाैं- वीरगञ्जको जगदम्बा इन्टरप्राइजेजका सिइओसहित ४ जना मजदुरमा कोरोना भाइरसकाे संक्रमण देखिएपछि मंगलबारदेखि उद्योगलाई शिल गरिएको छ। अर्को सूचना जारी नभएसम्मका लागि स्थानीय जनप्रतिनिधि र सुरक्षाकर्मीको अनुमतिविना उद्योग प्रवेशमा रोक लगाउने गरी उद्योग शिल गरिएको हो।
लकडाउनको समयमा समेत भारतबाट मजदुर ल्याएर काम गराएको जगदम्बा इन्टरप्राइजेजका सिइओसहित ४ मजदुरमा संक्रमण पुष्टि भएपछि उद्योग शिल गर्ने निर्णय गरिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित बहादुर बस्नेतले बताए। गत साउन ६ गते सो उद्योगमा कार्यरत सिइओमा कोरोना संक्रमण पुष्टि भएको थियो भने उनकै कन्ट्याक्ट ट्रेसिङको आधारमा त्यहाँ कार्यरत कामदारहरूको समेत पिसीआर परीक्षण गरिएपछि जगदम्बा इन्टरप्राइजेजमा कार्यरत ४८, ५६ र २६ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको उनले बताए।
सिइओको हाल अस्थायी कोभिड गण्डक अस्पतालको आइसियू कक्षमा उपचार भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।