कठमाडौं- विगत २४ घण्टायता नेपालमा थप १ सय ३९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।
पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।
पछिल्लो पटक थपिएकासहित नेपालमा संक्रमितको संख्या १८ हजार ७५२ जना पुगेको छ।
हाल ४ हजार ९ सय ५० जना संक्रमितको उपचार भइरहेको छ। हाल नेपालमा प्रतिशत प्रति दश लाख ११ हजार ७४० जनाको परीक्षण भएको जानकारी मन्त्रालयले दिएको छ।
पछिल्लो २४ घण्टामा थप ६२६ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म १३ हजार ७५४ उपचारपछि निको भएका छन्।
१६ हजार ३७९ जना हाल क्वारेन्टाइनमा छन्। हालसम्म नेपालमा ४५ जना कोरोना संक्रमितको मृत्यु भएको जानकारी मन्त्रालयले दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।