काबुल- अफगानिस्तानमा सोमबार थप १०६ मा कोभिड १९ को सङ्क्रमण देखिएपछि कुल सङ्क्रमिको संख्या ३६ हजार २६३ पुगेका स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।
गत २४ घण्टामा ४७१ व्यक्ति कोरोना भाइरस परीक्षण गरिएकोमा १०६ जनामा कोरोना भाइरस पोजेटिभ देखिएको मन्त्रालयले जनाएको छ। आफगानिस्तानमा गत फेब्रुअरी महिनाबाट कोरोना भाइरसको प्रकोप देखिएको र सो समयबाट हालसम्म यस सङ्क्रमणबाट १ हजार २६९ व्यक्तिको मृत्यु भईसकेको छ।
सङ्क्रमित व्यक्ति मध्ये २५ हजार १९८ जना निको भएर घर फर्किएका छन्।
(रासस-सिन्ह्वा)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।