नयाँ दिल्ली- भारतमा काेराेना भाइरस संक्रमितकाे संख्या १४ लाख नाघेकाे छ। पछिल्ला २४ घण्टामा मात्रै भारतमा ४९ हजार ९ सय ३२ जनामा काेराेनाकाे संक्रमण देखिएकाे छ। याेसँगै संक्रमितकाे संख्या १४ लाख ३५ हजार ४ सय ५३ पुगेकाे छ।
भारतमा पछिल्लाे २४ घण्टामा ७ सय ८ जनाकाे मृत्यु भएकाे छ। याेसँगै भारतमा काेराेनाबाट मृत्यु हुनेकाे संख्या ३२ हजार ७ सय ७१ पुगेकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।