• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, पुस ३०, २०८२ Wed, Jan 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

लक्षणयुक्त कोरोना संक्रमित : जोखिम कम कि बढी?

चिकित्सक भन्छन्- सावधानी अपनाउने बेला हेलचेक्र्याईं हुँदैछ
कमला गुरुङ आइतबार, साउन ११, २०७७  २०:१७
1140x725

काठमाडौं - वीरगञ्जमा साउन ६ गते ७० वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भयो। गण्डक अस्थायी कोभिड १९ अस्पतालमा उपचाररत उनी अस्पताल भर्ना भएकै दिन मृत्यु भएका थिए। 

उनी अस्पताल भर्ना हुनुको कारण थियो, श्वासप्रश्वासमा समस्या। अस्पतालका अनुसार ती पुरुषमा कुनै पनि पुरानो दीर्घरोगको समस्या थिएन। श्वासप्रश्वासमा समस्या देखिएपछि साउन ६ गते बिहान अस्पताल भर्ना भए र साँझ उनको मृत्यु भयो। 

000

त्यसको तीन दिनपछि वीरगञ्जमै एक ८५ वर्षीय कोरोना संक्रमित महिलाको पनि मृत्यु भयो। उनमा निमोनियाको समस्या देखिएको थियो। 

निमोनिया भएपछि उनी साउन ८ गते अस्पताल भर्ना भएकी थिइन्। त्यसको भोलिपल्टै साउन ९ गते उनको मृत्यु भयो। अस्पतालका अनुसार ती महिला मुटुरोगीका बिरामी थिइन्। 

000

कोरोना संक्रमित यी दुई मृतकमा मात्र होइन पछिल्लो समय कोरोना पोजिटिभ भेटिएका धेरैमा विभिन्न लक्षण देखिन थालेको छ। विगतका दिनमा नेपालमा भेटिने अधिकांश संक्रमित लक्षण विहीन हुने गर्थे। तर पछिल्लो समय भेटिएका नयाँ संक्रमितहरुमा कुनै न कुनै लक्षण देखिन थालेको छ। 

लकडाउनको अन्त्यसँगै मानिसको भीडभाड बाक्लिदै गएको छ। सार्वजनिक सवारी साधन होस् या निजी, कुनै पनि सामाजिक दूरी कायम गरेको कमै मात्र देखिन्छ। यस्तो अवस्थामा लक्षण भएका संक्रमित फेला पर्नु झन् खतरा भएको विज्ञहरु बताउँछन्। विज्ञहरुका अनुसार लक्षण भएका संक्रमितबाट अन्य व्यक्तिमो कोरोना सर्ने जोखिम पनि बढी हुन्छ।

Ncell 2
Ncell 2

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डे पनि यो कुरालाई स्वीकार गर्छन्। उनका अनुसार अहिले भेटिने गरेका संक्रमितहरुमा ज्वरो आउने, रुघाखोकी लाग्ने, श्वासप्रश्वासमा समस्या जस्ता लक्षण देखिन थालेको छ। 

‘पछिल्लो समय नेपालमा भेटिएका नयाँ संक्रमितहरुमा लक्षण देखिन थालेको छ,’ उनले भने, ‘पर्सामा भेटिएका केही संक्रमितमा पनि ज्वरो आउने, खोकी लाग्ने तथा श्वासप्रश्वासमा समस्या देखियो।’ 

डा पाण्डे संक्रमितमा लक्षण देखिनु भनेको थप समस्या र भोलिको दिनमा संक्रमित बढेर जाने संकेत गर्छन्। उनी भन्छन्, ‘संक्रमितमा लक्षण देखिनु भनेको समस्या र संक्रमितको संख्या बढेर जाने संकेत पनि हो। आगामी दिनमा अस्पताल र शय्याको संख्या थप्नुपर्ने र व्यवस्थित गर्नुपर्ने अवस्था आएको छ।’ 

हालसम्म समुदायस्तरमा कोरोना फैलिनसकेको उनले जानकारी दिए। यद्यपि स्थानीय स्तरमा कोरोना फैलिएको भने हुन सक्ने उनको भनाई छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा समिरकुमार अधिकारी संक्रमितमा लक्षण देखिनु चिन्ताको विषय भएको बताउँछन्। 

लकडाउन खुलिसकेको अवस्थामा अझ बढी सावधानी अपनाउनुपर्ने उनले बताए। हाल समुदायस्तरमा कोरोला फैलिनसकेको उनले जानकारी दिए। यद्यपि लापरबाही बढ्दै गए समुदायस्तरमा कोरोना फैलिने जोखिम रहेको उनी बताउँछन्। 

‘संक्रमितमा लक्षण देखिनु भनेको चिन्ताको विषय हो,’ उनले भने, ‘त्यसकारण अब थप सचेत हुनुपर्छ। अहिलेसम्म समुदायस्तरमा कोरोना फैलिसक्यो भनेर मन्त्रालयले भनेको छैन। तर जोखिम बढ्दो छ।’

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रवक्ता डा अनुप बाँस्तोलाले टेकु अस्पतालमा भर्ना भएका करीब ३० प्रतिशत संक्रमितमा लक्षण देखिएको बताउँछन्। 

हाल लक्षण देखिएका संक्रमितमा कोरोनाको मात्र नभई अन्य संक्रमण र रोग पनि भएको उनको भनाई छ। 

‘लक्षण देखिएका संक्रमितलाई हेर्ने हो भने कोरोनाको मात्र भन्दा पनि अन्य संक्रमण र रोग भएको पनि देखिन्छ। कोरोनाको मात्र लक्षण देखिएका संक्रमित सायद कमै होलान्,’ उनले भने। 

कोरोना संक्रमणलाई नियन्त्रण गर्न सरकारले क्वारेन्टाइनको व्यवस्थापनमै ध्यान दिनुपर्नेमा उनको जोड छ। जोखिमपूर्ण क्षेत्रबाट आएका व्यक्तिलाई अनिवार्य रुपमा १४ दिनसम्म जसरी पनि क्वारेन्टाइनमा राख्नुपर्ने उनले बताए। 

उनले भने, ‘कोरोना नियन्त्रणका लागि क्वारेन्टाइन सबैभन्दा महत्वपूर्ण क्षेत्र हो। जोखिमपूर्ण क्षेत्रबाट आएका व्यक्तिलाई अनिवार्य १४ दिनसम्म क्वारेन्टाइनमा राख्नैपर्छ।’ 

लकडाउन खुलेपछि कोरोना संक्रमणको जोखिम बढेको बताउँदै उनले अब झन् सर्तक हुनुपर्ने बताए। 

‘मानिसहरु अहिले हेलचक्र्याई गरेर बाहिर निस्किरहेका छन्। तर अहिले नै निस्फिक्री हुने बेला भइसकेको छैन। अब त झन् सावधानी अपनाउनुपर्छ,’ उनले भने।

उनका अनुसार मास्क नलगाउने, सामाजिक दूरी कायम नगर्ने, भीडभाड गर्ने, सार्वजनिक यातायातको निगरानी नगर्ने हो भने कोरोना समुदाय स्तरमा फैलन सक्छ। 

दीर्घरोगी र वृद्धवृद्धामा जोखिम बढी हुने भएकाले अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन डा बाँस्तोलाको सुझाव छ। 

प्रकाशित मिति: आइतबार, साउन ११, २०७७  २०:१७
  • #कोरोना_अपडेट

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
गगन थापाले भने : ‘म भरोसा दिलाउँछु, विशेष महाधिवेशनलाई निर्वाचन आयोगले मान्यता दिन्छ’
पार्टीबाट निष्कासनमा परेपछि विश्वप्रकाश–  ‘गगन र म दुवै दृढ छौँ, विशेष महाधिवेशनले सही नेतृत्व दिनेछ’
निष्कासनपछि गगनले भने– मैले नेतृत्वलाई कुरा बुझाउनै सकिनँ
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
गगन थापाले भने : ‘म भरोसा दिलाउँछु, विशेष महाधिवेशनलाई निर्वाचन आयोगले मान्यता दिन्छ’ बुधबार, पुस ३०, २०८२
पार्टीबाट निष्कासनमा परेपछि विश्वप्रकाश–  ‘गगन र म दुवै दृढ छौँ, विशेष महाधिवेशनले सही नेतृत्व दिनेछ’ बुधबार, पुस ३०, २०८२
निष्कासनपछि गगनले भने– मैले नेतृत्वलाई कुरा बुझाउनै सकिनँ बुधबार, पुस ३०, २०८२
निर्वाचन आयोग पुग्यो देउवा पक्षको पत्र, महामन्त्रीद्वयलाई कारबाही गरेको जानकारी बुधबार, पुस ३०, २०८२
गगन–विश्वप्रकाश सहितलाई कांग्रेसबाट निष्काशन बुधबार, पुस ३०, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
वार्ता सकेर विशेष महाधिवेशन पक्षधरको मागको सूची बोकेर संस्थापन पक्षका टोली देउवा निवासमा मंगलबार, पुस २९, २०८२
देउवाले राजीनामा दिन नमानेपछि महामन्त्रीहरूसँगको वार्ता टुंगियो बुधबार, पुस ३०, २०८२
गगनलाई प्रधानमन्त्रीको उम्मेदवारसहित संस्थापनलाई ८ बुँदे प्रस्ताव, संस्थापनद्वारा अस्वीकार बुधबार, पुस ३०, २०८२
गगन–विश्वप्रकाश सहितलाई कांग्रेसबाट निष्काशन बुधबार, पुस ३०, २०८२
प्रदर्शन दबाउन इरानी सरकारले गरेको कारबाहीमा हजारौं मारिएको आशंका मंगलबार, पुस २९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
देउवाले आफूनिकट केन्द्रीय सदस्यहरूलाई छलफलमा बोलाए सोमबार, पुस २८, २०८२
वार्ता सकेर विशेष महाधिवेशन पक्षधरको मागको सूची बोकेर संस्थापन पक्षका टोली देउवा निवासमा मंगलबार, पुस २९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्