काठमाडौं- इंग्ल्याण्ड र वेस्ट इन्डिजबीचको अन्तिम टेस्टमा पहिलो इनिङमा नै वेस्ट इन्डिज १ सय ७२ रनले पछि परेको छ। इंग्ल्याण्डले पहिलो इनिङमा ३ सय ६९ रन बनाएको थियो। तेस्रो इनिङको खेल चलिरहँदा वेस्ट इन्डिजले पहिलो इनिङमा १ सय ९७ रन बनाउँदा सबै विकेट गुमायो।
तीन टेस्टको सिरिजमा एक-एकको बराबरी रहँदा तेस्रो टेस्ट रोमाञ्चक बनिरहेको हो। वेस्ट इन्डिजले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको इंग्ल्याण्डले पहिलो इनिङमा ३ सय ६९ रन बनाउँदा सबै विकेट गुमाएको थियो।
पहिलो इनिङमा इंग्ल्याण्डका चार खेलाडीले अर्धशतक बनाएका थिए। रोरी ब्रन्सले १ सय ४७ बलमा ५७ रन, ओले पोपले १ सय ५० बलमा ९१ रन, जस बटलरले १ सय ४२ बलमा ६७ रन साथै स्टुआर्ट ब्रोडले ४५ बलमा ६२ रन बनाएका थिए। वेस्ट इन्डिजका केमार रोचले ४, शानोन गाब्रियल र रोस्टन चेसले २-२ साथै ज्यासन होल्डरले १ विकेट लिएका थिए।

वेस्ट इन्डिजका लागि पहिलो इनिङमा जोन क्याम्पबेलले ५० बलमा ३२ रन, शाय होपले ६४ बलमा १७ रन, जेमेन ब्ल्याकउडले ४५ बलमा २६ रन, ज्यासन होल्डरले ८२ बलमा ४६ रन र शेन डोरविचले ६१ बलमा ३७ रन बनाए। इंग्ल्याण्डका ब्रोड एक्लैले ६ विकेट लिए। जेम्स एन्डरसनले २ साथै जोफ्रा आर्चर र क्रिस वेक्सले १-१ विकेट लिए।
पहिलो टेस्ट वेस्ट इन्डिजले ४ विकेटले जितेको थियो। दोस्रो टेस्ट इंग्ल्याण्डले १ सय १३ रनले जितेको थियो। यही सिरिजले क्रिकेटका अरु गतिविधि कसरी हुन्छन् भन्नेमा सहयोग गर्ने भएकाले पनि विशेष रुपमा हेरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।