प्रतीकात्मक तस्बिर
काठमाडाैं- सप्तरीमा एक जना न्यायाधीश र एक प्रहरीलाई कोरोना संक्रमण पुष्टि भएको छ। योसहित सप्तरीमा काेराेना संक्रमितको संख्या ४ सय ३४ पुगेको छ।
आइतबार उच्च अदालत जनकपुर, राजविराज इजलाशका ५८ वर्षिय न्यायाधीशमा कोरोना पुष्टि भएको हो। त्यस्तै वडा प्रहरी कार्यालय राजविराजमा कार्यरत एक जना प्रहरीमा पनि कोरोना पुष्टि भएको छ।
न्यायाधीश काठमाडाैं निवासी र ३२ वर्षीय प्रहरी जवान सिरहा निवासी हुन्। यसैगरी, तिलाठी कोइलाडी गाउँपालिका ३ का ३८ वर्षीय पुरुष, वडा नं. ४ का २६ र ३९ वर्षीय पुरुष र वडा नं. ५ का २८ वर्षीय दुई पुरुषमा पनि कोरोना संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।