काठमाडौं- पछिल्लो २४ घण्टामा थप ७५ जना कोरोना संक्रमणमुक्त भएका छन्।
देशका विभिन्न स्थानका आइसोलेसन सेन्टर तथा अस्पतालबाट निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। योसहित नेपालमा हालसम्म १३ हजार १२८ उपचारपछि निको भएका छन्।
हाल नेपालमा प्रतिशत प्रति दश लाख ११ हजार ७४० जनाको परीक्षण भएको जानकारी मन्त्रालयले दिएको छ।
हालसम्म नेपालमा ४५ जना कोरोना संक्रमितको मृत्यु भएको जानकारी मन्त्रालयले दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।