प्युठान- प्युठानको नौवहिनि गाउँपालिका– ५ डामृमा शनिबार राति श्रीमतीले आफनै श्रीमानको हत्या गरेकी छन्। स्थानीय २९ वर्षीया दिवा सुनारले श्रीमान ३१ वर्षीय ज्ञानबहादुर सुनारको हत्या गरेको प्रहरीले जनाएको छ।
गएराति दिवाले आपसी झगडामा श्रीमानकाे हत्या गरेकी हुन्। शवको प्रकृति हेर्दा दाउराले हानेको प्रहरीकाे अनुमान छ। शरीरभर चोटहरु देखिएका छन्।
यसअघि श्रीमान र श्रीमतीबीच राम्रो सम्बन्ध नभएको, पटक पटक विवाद र झडा हुने गरेको स्थानियको भनाई छ। दिवालाई प्रहरीले नियन्त्रणमा लिएको छ। शवलाई पोस्टमार्टमको लागि जिल्ला अस्पताल बिजुवार ल्याइएको वडा अध्यक्ष अनबहदुर घर्तीले जानकारी दिए।
घटनाबारे प्रहरीले अनुसन्धान थालेको बताएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।