काठमाडाैं- विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ करोड ५६ लाख पुगेको छ। जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांकअनुसार शनिबार बिहानसम्म विश्वभर संक्रमितको संख्या १ करोड ५६ लाख ६५ हजार ३ सय ५० पुगेको हो।
सबैभन्दा बढी अमेरिकामा संक्रमितको संख्या ४१ लाख ६ हजार २ सय २५ पुगेको छ भने ब्राजिलमा २२ लाख ८७ हजार ४ सय ७५, भारतमा १२ लाख ८८ हजार १ सय ८, रुसमा ७ लाख ९९ हजार ४ सय ९९ र दक्षिण अफ्रिकामा ४ लाख २१ हजार ९ सय ९६ जना संक्रमित भएका छन्।
यस्तै, मेक्सिकाेमा ३ लाख ७८ हजार २ सय ८५ र पेरुमा ३ लाख ७५ हजार ९ सय ६१ जना संक्रमित भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।