झापा-पूर्वी नाका काँकडभिट्टास्थित सशस्त्र प्रहरीको राजस्व तथा भन्सार गस्ती गुल्ममा कार्यरत २० पुरुषमा कोभिड-१९ संक्रमण भएको छ।
स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईंका अनुसार गुल्मका १८ जनामा आज र दुई जनामा तीन दिनअघि संक्रमण पुष्टि भएको होे। सो गुल्मका सशस्त्र प्रहरीले काँकडभिट्टा नाकामा भारतबाट आइपुगेका नेपालीलाई होल्डिङ सेन्टरमा सुरक्षा प्रदान गर्दै आएका छन्।
तीन दिन अघि होल्डिङ सेन्टरमा खटिएको सशस्त्र प्रहरीको समूहको स्वाब सङ्कलन गरी परीक्षणका लागि धरान पठाइएकोमा आज १८ जनामा कोभिड-१९ पुष्टि भएको मेचीनगर नगरपालिकाका सामाजिक विकास समितिका संयोजक नविन बरालले बताए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।