काठमाडौं–शुक्रबार काठमाडौं उपत्यकामा थप १० जनामा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौँमा १० जना संक्रमित थपिएको जानकारी दिए।
योसँगै काठमाडौंँमा संक्रमित हुनेको संख्या २ सय ७५ पुगेको छ।
काठमाडौं उपत्यकासहित पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप १ सय ३३ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो। योसँगै देशभर संक्रमितको संख्या १८ हजार ३ सय ७४ पुगेको छ।
पछिल्लो २४ घण्टामा देशभर थप १ सय ७ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। योसहित डिस्चार्ज हुनेको संख्या १२ हजार ९ सय ४७ पुगेको छ
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।