काठमाडौं–कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ। पर्साको वीरगन्ज– ११ निवासी ८५ वर्षीया महिलाको आज शुक्रबार नारायणी अस्पतालमा निधन भएको हो।
ती महिलामा मुटु रोग र निमानियाको समस्या रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए। योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४४ पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।