काठमाडौं-विगत २४ घण्टायता नेपालमा थप १ सय ३३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।
पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।
आज थपिएका सहित नेपालमा संक्रमितको संख्या १८ हजार ३ सय ७४ जना पुगेको छ।
शुक्रबार थप १०७ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म १२ हजार ९ सय ४७ जना उपचारपछि निको भएका छन् भने हाल ५ हजार ३ सय ८३ जना संक्रमितको उपचार भइरहेको छ।
पछिल्लो २४ घन्टामा ३ हजार ९ सय ८७ पिसीआर परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।