तस्बिर: राेयटर्स
एजेन्सी- वैज्ञानिकहरुले कुकुरले सुँघेर काेराेना भाइरस पत्ता लगाउन सक्ने दाबी गरेका छन्। वैज्ञानिकहरुले जर्मनीमा कुकुरले सुँघेर कोरोना पत्ता लगाएको दाबी गरेका हुन्।
युनिभर्सिटी अफ भेटेरिनरी मेडिसिन र जर्मन सेनाको सहयोगमा एक हप्ताको तालिमपछि कुकुरले सुँघेर कोरोना भाइरस पत्ता लगाएको बिबिसी हिन्दीले उल्लेख गरेकाे छ। शाेधकर्ताहरुले भनेका छन्, सुँघेर काेराेना पत्ता लगाउन कुकुरहरुलाई सिकाउन उनीहरु सफल भएका छन्। तालिमपछि आठ वटा कुकुरलाई संक्रमति र गैर संक्रमितको नमूना सुँघ्न लगाउँदा ९४ प्रतिशत नतिजा सहि आएको थियो।
शाेधकर्ताहरुका अनुसार यस्ता कुकुरको प्रयोग विमानस्थल र खेलमैदानजस्ता सार्वजनिक स्थानमा कोरोना संक्रमणको पहिचानका लागि गर्न सकिन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।